Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुस्ताङमा एक साता लामो च्याङग्रा भूवा संकलन तालिम र भूवा नमूना संकलन

मुस्ताङमा एक साता लामो च्याङग्रा भूवा संकलन तालिम र भूवा नमूना संकलन

images

इच्छाकामना न्युज

९, चैत्र २०७९
मुस्ताङमा एक साता लामो च्याङग्रा भूवा संकलन तालिम र भूवा नमूना संकलन
images

मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङग्रा भूवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानहरूलाई भूवाको नमूना संकलन तालिम शुरू भएको छ । एक साता  लामो उक्त तालिम लगत्तै स्थानीय किसानका १६० च्याङग्रा गोठमा गएर तालिमप्राप्त ती किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८०० वटा च्याङग्राको भूवा नमूना संकलन गर्ने कार्यक्रम छ । नेपालमा पहिलो पटक गर्न लागिएको च्याङग्रा रेशा गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ ।

युरोपियन युनियन सहयोगमा संचालित इयु–नेपालव्यापार तथा लगानी कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्याङग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषदको सहकार्यमामुस्ताङकोघारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गरी चार गाउँपालिकामा यो तालिम तथा भूवा संकलन कार्यक्रम संचालन गरिंदैछ । मुस्ताङमा उत्पादन हुने च्याङग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भूवाको नमुना महत्वपूर्ण रहेको छ ।

IMG-20230323-WA0004.jpg

उच्च गुणस्तरको ठानिएको नेपाली च्याङग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुन सकेको थिएन । त्यसैले च्याङ्ग्रापालक कृषकहरूबाट सङ्कलन हुने भूवाको गुणस्तरबारे क्रेताहरू जानकार हुनु आवश्यक छ । कृषकहरूका १६० वटा गोठमा रहेका च्याङ्ग्रा बथानबाट प्रतिगोठ पाँच–पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनौट गरिनेछ । सङ्कलित नमुनालाई परीक्षणका लागि सुविधासम्पन्न  र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइवर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइनेछ ।

यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यकोओडिसा सेन्टर लिमिटेका डा।क्यारोल कर्भिङले आठजना स्थानीय ऊन सङ्कलक किसानहरूलाई ऊनकात्नेतालिमदिंदैछन्। तालिमका सहभागीहरूले यस अघि सन २०२२मा गुणस्तरीय कश्मीरी ऊन कात्ने तालिमपाइसकेका छन्।“नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङग्रा भूवाको नमूना संकलन अनिवार्य छ ।

IMG-20230323-WA0003.jpg

नेपाली पश्मिनाको मूल्य श्रृखलालाई मजबुत बनाउन यो च्याङग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भूवा संकलन कार्यक्रम आयोजना गरिएको हो,”प्रशिक्षक क्यारोलले भनिन् । स्थानीय स्तरमा उक्त तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धन प्रसाद लामिछानेले संकलित भूवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए । चैत ८ देखि १३ गते सम्म च्याङ्ग्रा भूवा संकलन तालिम र त्यसको लगत्तै चैत १४ देखि २२ सम्म भूवा नमूना संकलन गरिदैछ ।  

images
प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - १९:४४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology