Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्ववियुमा निर्वाचित विद्यार्थीहरुलाई बेनीघाट रोराङ गाउँपालिकाद्वारा सम्मान

स्ववियुमा निर्वाचित विद्यार्थीहरुलाई बेनीघाट रोराङ गाउँपालिकाद्वारा सम्मान

इच्छाकामना न्युज

८, चैत्र २०७९
स्ववियुमा निर्वाचित विद्यार्थीहरुलाई बेनीघाट रोराङ गाउँपालिकाद्वारा सम्मान
images

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको मलेखु रिचोकटार स्थित जय बागेश्वरी क्याम्पस र विशालटार स्थित चन्द्रोदय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा विजयी हुनेहरुलाई बेनीघाट रोराङ गाउँपालिकाले सम्मान गरेको छ । यी दुबै क्याम्पसमा अनेरास्ववियु र नेवि संघको संयुक्त प्यानललाई पराजित गर्दै अखिल (क्रान्तिकारी) विजयी भएको थियो ।

images
images

मलेखु रिचोकटार स्थित जयबागेश्वरी क्याम्पसको स्ववियुमा अखिल ९क्रान्तिकारी० का नवराज त्रिपाठीको प्यानल र चन्द्रोदय बहुमुखी क्याम्पसको स्ववियुमा पनि क्रान्तिकारी कै संञ्जित सुवेदीको नेतृत्वमा रहेको प्यानल विजयी भएको थियो विजयी हुनेहरु सबैलाई गाउँपालिकाले आज एक विशेष कार्यक्रमका बीच सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले स्ववियुमा विजयी विद्यर्थीलाई सम्मान गर्दै विद्यार्थीहरुको हकहितका लागि प्रतिवद्ध हुन आग्रह गरेका थिए । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको नेतृत्व विकासमा विशेष जोड दिएको बताउँदै स्ववियुले गर्ने हरेक सुधारका कार्यक्रमहरुमा गाउँपालिकाको सहयोग हुने प्रतिवद्धता समेत विवेकले जनाएका थिए ।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - २१:११:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology