Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माडीको परशुराम कुण्डमा स्नान सुरु : चैत १३ देखि १७ गतेसम्म गोद्धक राम चरित्रकथा यज्ञ हुने

माडीको परशुराम कुण्डमा स्नान सुरु : चैत १३ देखि १७ गतेसम्म गोद्धक राम चरित्रकथा यज्ञ हुने

इच्छाकामना न्युज

७, चैत्र २०७९
माडीको परशुराम कुण्डमा स्नान सुरु : चैत १३ देखि १७ गतेसम्म गोद्धक राम चरित्रकथा यज्ञ हुने
images

चितवन । चितवनको माडी १ स्थित परशुराम कुण्डमा मंगलबारदेखि स्नान सुरु भएको छ। विशेषगरी चैते दशैं एवं रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको परशुराम कुण्डमा औंसीदेखि स्नान सुरु हुने गर्छ। कुण्डमा स्नान मेला लाग्ने हुँदा स्थानीय गोद्धक क्षेत्र विकास समितिले मंगलबार बाटोमा सरसफाइसमेत गरेको छ। 

images
images

संस्थाका अध्यक्ष तुलसिंङ गुरुङका अनुसार कुण्डसम्म जान खोला एवं चारकोसे झाडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्ने गरी झाडी पन्छाएर सरसफाइ गरिनुका साथै गारेटो बाटो मर्मत गरिएको छ। सरसफाइमा स्थानीय, वडा सञ्जाल, टोलविकास, समूह एवं युवा क्लबहरुले सहयोग गरेका थिए। 

विगत २ वर्षदेखि कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएको थियो। जसले गर्दा गोरेटा बाटोसमेत भत्किएको थियो। केही वर्ष प्रयोगविहीन हुँदा जीर्ण बनेको बाटो मर्मत गरेर हिँडडुलमा सहज बनाइएको उनले बताए। 

336659012_102845716101118_6565672619368402267_n.jpg

चैत १३ देखि यज्ञ हुँदै

गोद्धकमा यही चैत्र १३ गतेदेखि १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञसमेत हुँदैछ। प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णको मुखारविन्दबाट संगीतमय राम कथा वाचन हुने यज्ञ सम्पादन समितिका संयोजक भरत तिमिल्सेनाले जानकारी दिए। मेलामा विभिन्न स्टलसहित हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो, भलिबललगायत प्रतियोगितात्मक खेलकुदसमेत आयोजना गरिएको उनले बताए।

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए। परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास छ।

ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ। परशुराम कुण्ड बस्तीदेखि करिब ४ किलोमिटर जंगलभित्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ। 

images
प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - १८:३५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology