Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सत्तागठबन्धन र राप्रपा निकटको प्यानललाई हराउँदै माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरी विजयी

सत्तागठबन्धन र राप्रपा निकटको प्यानललाई हराउँदै माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरी विजयी

images

इच्छाकामना न्युज

५, चैत्र २०७९
सत्तागठबन्धन र राप्रपा निकटको प्यानललाई हराउँदै माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरी विजयी
images

चितवन । चितवनको माडी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुका राकेश चौधरी निर्वाचित भएका छन् ।

केहीबेर अघि सम्पन्न मतगणना अनुसार ११९ मत प्राप्त गर्दै चौधरी सभापतिमा निर्वाचित भएका हुन् । सत्तागठबन्धन र राप्रपा निकट विद्यार्थी संगठनसहितको संयुक्त प्यानलका रवि भुर्तेललाई १३ मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । चौधरीसंग पराजित भुर्तेलले १०६ मत मात्रै प्राप्त गरे ।

आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो । यस्तै अनेरास्ववियुको समर्थनमा उम्मेदवारका बनेका विकास ओझा सचिवमा निर्वाचित भएका छन् ।अनेरास्ववियु विरुद्ध सत्ता गठबन्धन र राप्रपाका विद्यार्थीहरु एकजुट भएका थिए ।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - २१:२४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology