Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनबाट अखिल(क्रान्तिकारी)का निशान मगर निर्वाचित

आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनबाट अखिल(क्रान्तिकारी)का निशान मगर निर्वाचित

इच्छाकामना न्युज

५, चैत्र २०७९
आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनबाट अखिल(क्रान्तिकारी)का निशान मगर निर्वाचित
images

आँबुखैरेनी । स्ववियु निर्वाचन अन्तर्गत तनहुँको आँबुखैरेनी क्याम्पस सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका अखिल (क्रान्तिकारी)का निशान मगर निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा नेविसंघ र अखिल (क्रान्तिकारी) को नेतृत्वको गठबन्धनबाट मगर निर्वाचित भएका हुन् ।

images
images

सभापतिमा निर्वाचित मगरले १ सय १६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका कृशल पुडाशैनीले ७२ मत प्राप्त गरेका छन् ।

सचिवमा नेविसंघका बोनिस अधिकारीले ७२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका सविता श्रेष्ठले ६१ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का श्वेता थापाले १ सय ८ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी अनेरास्ववियुका उज्ज्वल थापाले ६६ मत प्राप्त गरे ।

सदस्यहरुमा अखिल (क्रान्तिकारी) का अस्मिता श्रेष्ठले १ सय २, अर्पण देवकोटाले १ सय ७ र रविन कामीले १ सय ९ मत प्राप्त गरी विजयी भए ।

प्रतिस्पर्धी अनेरास्ववियुका इन्दु अधिकारीले ४९, सुरज श्रेष्ठले ५६ र अमृत कट्टेलले ४६ मत प्राप्त गरे ।

२ सय ६७ मतदाता रहेको निर्वाचनमा एक सय ९३ मत खसेको कार्यवाहक क्याम्पस प्रमुख बाबुराम देवकोटाले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - २०:१४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology