Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

स्ववियु निर्वाचनः आँबुखैरेनी क्याम्पसमा शान्तिपूर्ण मतदान हुदै

स्ववियु निर्वाचनः आँबुखैरेनी क्याम्पसमा शान्तिपूर्ण मतदान हुदै

images

इच्छाकामना न्युज

५, चैत्र २०७९
स्ववियु निर्वाचनः आँबुखैरेनी क्याम्पसमा शान्तिपूर्ण मतदान हुदै
images

आँबुखैरेनी । त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचनका लागि मतदान भैरहेकोछ । जस अन्तर्गत तनहुँ आँबुखैरेनी एकमात्र पब्लिक क्याम्पस आँबुखैरेनी क्याम्पसमा पनि मतदान भैरहेको छ । 

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी गरी ३ वटा विद्यार्थी संगठन रहेको क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी बिच पदाधिकारीमा सहमति भै प्यानल बनेको छ भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा छ । 

सहमति अनुसार अखिल क्रान्तिकारीको भागमा परेको आँबुखैरेनी क्याम्पसको सभापतिमा दुई संगठनको प्यानलबाट निशान थापा मगर र एमाले निकट अनेरास्ववियुको तर्फबाट कृशल पुडासैनी सभापतिका लागि उम्मेदवार छन् ।

क्याम्पसमा अहिले ८ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भैरहेको क्याम्पसका कार्यवाहक प्रमुख बाबुराम देवकोटाले जानकारी दिए । उनका अनुसार मतदान दिउँसो २ बजेसम्म चल्नेछ । 

क्याम्पसमा २ सय ६७ जना मतदाता रहेका छन् । 

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - ०९:२४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology