Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा प्रतियोगितामा आर्मीको विजयी सुरुवात 

प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा प्रतियोगितामा आर्मीको विजयी सुरुवात 

images
प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा प्रतियोगितामा आर्मीको विजयी सुरुवात 
images

काठमाण्डौ, २ माघ । बिनोद भण्डारीको शतकमा विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा शानदार सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो । 
२ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट बन्यो । समिर कँडेलले अर्धशतकिय इनिङ्समा बिपिन खत्री ३७ रनमा अविजित रहे । अर्जुन कुमारले ३६ र दिपक डुम्रेले २६ रन बनाउनुभयो । बिष्णु पाण्डेले १२ रन बनाउनुभयो । आर्मीका राजेश पुलामीले ५ विकेट लिएपछि गण्डकीको इनिङ्स धरासायी बनेको हो ।
यस्तै, भिम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले १ विकेट लिनुभयो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु उच्च लक्ष्य प्रस्तुत गरेको थियो । बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाउनुभयो ।यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिनुभयो । भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट हुनुभयो । 
गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिनुभयो । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १८:५३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology