Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाको चौथो गाउँ परिषद् सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाको चौथो गाउँ परिषद् सम्पन्न

नयाँ शिक्षकहरुलाई अबिर र खादा सहित सम्मान

images

इच्छाकामना न्युज

४, चैत्र २०७९
नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाको चौथो गाउँ परिषद् सम्पन्न
images

जलबिरे । नेकपा एमाले प्रति आस्थावान शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाको चौथो गाउँ परिषद् सम्पन्न भएको छ । आज शनिबार इच्छाकामना ६ लामो झरनामा वनभोज सहितको एक कार्यक्रमको आयोजना गरि संगठनको चौथो गाउँ परिषद् सम्पन्न भएको हो । 

नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष गोपी सिलवालको अध्यक्षतामा सम्पन्न परिषद् कार्यक्रममा बागमती प्रदेशका अर्थ तथा भौतिक योजना मन्त्री जगन्नाथ थपलिया प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, संगठनका केन्द्रिय कोषाध्यक्ष सुर्यराज बराल, चितवन जिल्ला अध्यक्ष तेजेन्द्र भुषाल  लगायतको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा भर्खरै शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भै सिफारिश भै इच्छाकामनामा आएका नयाँ शिक्षकहरुलाई खादा र अबिर लगाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो भने परिषद्मा संगठनका उपाध्यक्ष सुजन सापकोटाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजु त्रिपाठीले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । साथै कार्यक्रम संचालन सचिव देवकुमार गुरुङले गरेका थिए ।

२०७८ को आकडा अनुसार संगठनमा इच्छाकामनाका १४७ जना शिक्षकहरु आबद्ध रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - २१:०१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology