Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

इच्छाकामना न्युज

२९, फाल्गुण २०७९
सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ
images

दाङ । दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् ।

images
images

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए । घटना शुक्रबार राति साढे १ बजे भएको हो ।

प्रहरीका अनुसार पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान् श्रीमती मागेर जीवन चलाइरहेका थिए ।

पीडितले घटनाबारे फागुन २७ गते दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - ०८:५६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology