Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी

प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी

इच्छाकामना न्युज

२९, फाल्गुण २०७९
प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी
images

काठमाडौं । पहिचान पक्षधरका नेताहरुले प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतवानी दिएका छन् । प्रदेश १ को नाम कोशी राखिएको विरोध प्रदर्शनमा उत्रिएका नेताहरुले आइतबार यस्तो चेतावनी दिएका हुन् ।

images
images

आइतबार हड्ताल समापनको क्रममा धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कोशी नाम खारेज नभएसम्म आन्दोलन थप कडा र जारी रहने पनि चेतावी दिए ।

नेता खगेन्द्र माखिमले कोशी नाम ल्याएर पवित्र भुमिलाई अपवित्र बनाएको बताए । उनले संघीयता, पहिचानको उद्गम थलो नर्सरी १ नम्बर प्रदेश भएको तर अहिले नर्सरी नै उखेल्ने काम भएको बताए ।

यस्तै, घोषणा भएको कोशी कार्यान्वयन गर्ने थलो वडा कार्यालयहरु भएको भन्दै उनले वडाहरुमा तालाबन्दी लगाउने कार्यक्रम पनि तीब्ररुपमा अघि बढ्ने बताए ।

पहिचान पक्षधरका नेताहरुका अनुसार अब प्रदेशका सांसदहरुलाई प्रतिकार गर्ने, घरघरमा कालो झण्डा गाड्ने र दिउँसै सडकमा भेटे कालोमोसो दल्नेसम्मको कार्यक्रमहरु रहेको छ ।

कोशी लेखेको बोर्ड मेट्ने, च्यात्ने र जलाउने कार्यक्रम पनि रहेको उनले बताए । कोणसभालाई किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राई, किरात याक्थुङ चुम्लुङका उपमहासचिव योगेन्द्र पालुङवालगायतले सम्बोधन गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - ०८:५०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology