Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

संवैधानिक इजलासमा न्यायाधीश थप गर्न एमिकस क्युरीका सदस्यको सुझाब 

संवैधानिक इजलासमा न्यायाधीश थप गर्न एमिकस क्युरीका सदस्यको सुझाब 

images
संवैधानिक इजलासमा न्यायाधीश थप गर्न एमिकस क्युरीका सदस्यको सुझाब 
images

काठमाण्डौ, २ माघ । नेपाल बार एशोसिएसनको एमिकस क्युरीका एक सदस्यले संसद विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीश थप गर्नुपर्ने राय दिएका छन् । संसद विघटनविरुद्ध परेका १३ वटा रिट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायायीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा विचाराधीन छ । १२ रिट निवदेकले यो मुद्दा बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेपछि यसबारे नै बहस भइरहेको छ ।
आज बहस गरेका वरिष्ठ अधिवक्ता विष्णु भट्टराई लगायत प्रधानमन्त्रीका निजी वकिलहरुले यो मुद्दा संवैधानिक इजलासले नै हेर्नुपर्ने बताएका हुन् । बारका एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने संवैधानिक इजलासमै न्यायाधीश थप गर्नुपर्ने बताउनुभयो । संविधानले प्रधानन्यायाधीश र चार न्यायाधीश रहने भनेको न्यूनतम भएको भन्दै उहाँले मुद्दाको अवस्था र गम्भीरता हेरेर थप गर्न सकिने बताउनुभयो । 
प्रधानन्यायाधीश जबराले भने संविधानभन्दा बाहिर जान नमिल्ने भन्दै प्रश्न गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता कार्कीले भने न्यायाधीश थप गर्दा संविधान उल्लंघन भएको नमानिने बताउनुभएको थियो । 

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १८:४३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology