Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०७९
कस्तो रहला तपाईको आजको दिन ? हेर्नुस् राशिफल
images

२०७९ फागुन २७ गते, शनिवार, ११ मार्च २०२३। चैत्र कृष्णपक्ष चतुर्थी तिथि। स्वाती नक्षत्र। चन्द्रराशि– तुला।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। मनोरञ्जनमा खर्च बढ्नेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। व्याहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। गुरुजनको साथ–सहयोग जुट्नेछ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। तर आँटले काम लिनेहरूलाई फाइदा हुनेछ। सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूले साथ दिने हुँदा नसोचेको काम सम्पादन हुनेछ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन् र धन संग्रह पनि हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ। तापनि, आफन्तको सहयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि थालिएको काम रोकिन सक्छ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर जुट्नाले कीर्तिमानी कामको यश प्राप्त हुनेछ। तर सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। सामाजिक जिम्मेवारीका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले आजको दिन कमजोर रहनेछ। गोपनीयता बाहिरिनाले केही व्यावहारिक समस्या पनि देखा पर्नेछन्। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - ०८:४७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology