Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चेक बाउन्सको आरोपमा चितवनकी पूर्वबैँकर सिर्जना खड्का पक्राउ

चेक बाउन्सको आरोपमा चितवनकी पूर्वबैँकर सिर्जना खड्का पक्राउ

इच्छाकामना न्युज

२४, फाल्गुण २०७९
चेक बाउन्सको आरोपमा चितवनकी पूर्वबैँकर सिर्जना खड्का पक्राउ
images

चितवन । चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्वब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

images
images

नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का काठमाडौँको कोटेश्वरबाट पक्राउ परेकी हुन् । खड्काले लक्ष्मण थापा क्षेत्रीलाई दिएको ३३ लाखको चेक बाउन्स भएको छ ।

भरतपुर महानगरपालिका स्थायी बसोबास भएका बैँकका सेवाग्राहीसँग बहाना बनाएर खड्काले रकम लिएको पीडितले बताए । भरतपुर ब्रान्चको मेनेजर खड्काले रकम ठगेको घटना बाहिरिएसँगै बैंकबाट राजीनामा दिएकी थिइन् । अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी भएसँगै राजीनामा दिएर उनी फरार भएकी हुन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भएकी खड्काले बैंकमा कारोबार गर्दै आएका लक्ष्मण थापा क्षेत्रीसँग २०७९ मंसिर २५ मा ३३ लाख लिइन् । भाइलाई अष्ट्रेलिया पठाउन ‘एक दिनका लागी स्टेटमेन्ट देखाउनु पर्ने भो’ भनेर आफूसँग ३३ लाख नगद लिएको पीडित क्षेत्रीले बताए । आफ्नो श्रीमान् विदेश भएको हुनाले तत्काल पैसा मगाउन समय लाग्ने कारण देखाएर उनले क्षेत्रीसँग पैसा मागिन् । पैसा लिएपछि उनी फरार भइन् ।

‘बैंक मेनेजरको विश्वासमा परेर मैले २०७९ मंसिर २५ मा ३३ लाख उहाँकै खातामा डिपोजिट गरिदिएको थिएँ’ क्षेत्रीले भने–‘बैंकबाट ऋण मिलाउन सहयोग गर्छु भनेर पैसा लिएपछि उहाँ सम्पर्क विहीन हुनुभयो ।’

जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । उच्च अदालत पाटनले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बैंक स्रोतकाअनुसार २०७९ पुस ३ मा ३१ वर्षीया खड्काले बैंकबाट राजीनामा दिएकी हुन् । पुस २५ मा उच्च अदालत पाटनले उनीविरुद्धपक्राउ पुर्जी जारी गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - २०:४५:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology