Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

विदेशी लगानीकर्ताले नेपालमा पाउने भिसा सुविधा निर्धारण 

विदेशी लगानीकर्ताले नेपालमा पाउने भिसा सुविधा निर्धारण 

images
विदेशी लगानीकर्ताले नेपालमा पाउने भिसा सुविधा निर्धारण 
images

काठमाण्डौ, १ माघ । नेपालमा विदेशी लगानी भित्र्याउने लगानीकर्तालाई दिइने भिसा सुविधालाई सरकारले थप प्रष्ट्याएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत कस्ता प्रकारका विदेशी लागानीकर्ताले कति समयको भिसा पाउने भनी यकिन गरिएको हो ।
भिसा सम्बन्धी नयाँ व्यवस्था अनुसार नेपालमा १० करोड वा सो भन्दा बढी लगानी गर्ने र लगानीको २५ प्रतिशत रकम लगानी भित्राइसकेको अवस्थामा लगानीकर्ता वा प्रतिनिधि दुई जना व्यक्तिलाई व्यवसायिक भिसा उपलब्ध गराईने छ । त्यस्तो भिसा लगानीकर्ताको दुई जना प्रतिनिधि र तीनका परिवारले पाउने छन् । 
यस्तै नियमावलीमा वैदेशिक लगानीकर्तालाई आवासीय भिसाको पनि व्यवस्था गरिएको छ । १० लाख डलर भन्दाबढी रकम वा सो बराबरको परिवर्त्य विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिलाई र परिवारका सदस्यलाई यस्तो भिसा प्रदान गरिने छ ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १८:१३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology