काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन् ।
सामाजिक सञ्जालबाट उनले आफ्नो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिएका हुन् । ‘सानो स्पष्टीकरण: बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन्, ‘तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’