Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा एमालेको ‘मिसन ग्रासरुट’अभियान सुरू

इच्छाकामनामा एमालेको ‘मिसन ग्रासरुट’अभियान सुरू

इच्छाकामना न्युज

२०, फाल्गुण २०७९
इच्छाकामनामा एमालेको ‘मिसन ग्रासरुट’अभियान सुरू
images

कुरिनटार । नेकपा एमालेले चितवनको इच्छाकामना गाउँपालिकामा ‘मिसन ग्रासरुट अभियान सुरु गरेको छ । एमालेले फागुन ५ गतेदेखि सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार  ‘मिसन ग्रासरुट’अभियान इच्छाकामनामा शुक्रबारदेखि सुरू गरिएको हो ।

images
images

पार्टीको केन्द्रीय सदस्य जानुका सिंखडाको प्रमुख आतिथ्यता तथा पालिका कमिटीका अध्यक्ष कृष्णप्रसाद सिलवालको अध्यक्षतामा चुम्लिङ्गटार स्थित सिद्धार्थ रिसोर्टमा एक भेलाको आयोजना गरि संगठन सुदृढिकरण तथा मिसन ग्रासरुट अभियान सुरू गरेको हो ।

भेलाले अभियानअन्तर्गत सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूको कार्ययोजना तयार पारेको छ । भेलामा पार्टी केन्द्रीय कमिटी सदस्य जानुका सिंखडा, प्रदेश कमिटी सदस्यहरु खुम नारायण श्रेष्ठ, प्रकाश अधिकारी, दिवस पाण्डे, लालमणी कुँवर सहित जिल्ला कमिटी सदस्य, स्थानीय पालिका कमिटि सदस्यहरु तथा विभिन्न संगठनहरूमा आवद्ध नेताहरूको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७९ शनिवार - १०:४४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology