Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

स्वदेशी जुत्ता, चप्पलका लागि चितवनमा ‘फुटवयर एक्स्पो’

स्वदेशी जुत्ता, चप्पलका लागि चितवनमा ‘फुटवयर एक्स्पो’

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७९
स्वदेशी जुत्ता, चप्पलका लागि चितवनमा ‘फुटवयर एक्स्पो’
images

चितवन । नेपालमा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी सुरु भएको छ। चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा बुधबारबाट प्रथम चितवन फुटवयर एक्स्पो ‘चितवन जुत्ता चप्पल मेला’ सुरू भएको हो। 

मेलामा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता, चप्पल राखिएका छन्। प्रदर्शनीको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जुत्ता, चप्पल अनिवार्य आवश्यकता भएकोले स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुनुपर्ने बेला आएको बताए। 

स्वेदशी उत्पादनले विदेशबाट आउने आयातलाई रोक्ने प्रयास गरे पनि विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा यस्ता मेलाहरुले विदेशी उत्पादनलाई नेपाल प्रवेशमा रोक लगाउन मद्दत पुग्ने विश्वास दिलाए। 

जुत्ता, चप्पलका लागि आवश्यक पर्ने कच्चापदार्थ विदेशबाट ल्याउनु पर्ने हुँदा स्वेदशमै भएका कच्चापदार्थ प्रयोग गरेर नेपाली सामान उत्पादन गर्न आवश्यक रहेको उनले सुझाए। स्वदेशी सामग्रीबाट जुत्ता, चप्पल निर्माण गर्न सकेको अवस्थामा नेपाली मुद्रा विदेसिने क्रम घट्दै जाने उनको भनाइ थियो। 

एक महिनासम्म सञ्चालन हुने फुटवयर एक्स्पोमा ४० वटा स्टल छन्। नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायका अनुसार स्वदेशी उत्पादनबारे आम उपभोक्तालाई स्थलगत अवलोकन गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको हो। नेपाली उत्पादनको प्रववर्द्धन गर्नका लागि एक्स्पो सञ्चालन गरिएको उनको भनाइ छ। 

नेपाल फुटवयर एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको बताए। प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। 

मेलामा बीएफ डियरहिल र बीएफ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाइलाइफलगायत ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्रीहरु राखिएका छन्। 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - २३:३०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology