Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ओलीलाई देउवाको पत्र : राष्ट्रपतिमा रामचन्द्रलाई सहयोग गर्नुस्

ओलीलाई देउवाको पत्र : राष्ट्रपतिमा रामचन्द्रलाई सहयोग गर्नुस्

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७९
ओलीलाई देउवाको पत्र : राष्ट्रपतिमा रामचन्द्रलाई सहयोग गर्नुस्
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । उनले आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा पार्टीका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् ।

देउवाले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत ओलीलाई पत्र पठाएका हुन् । आठ दलीय गठबन्धनको तर्फबाट पौडल राष्ट्रपतिको उम्मेदवार बनेको छन् । यता नेकपा एमालेले नेता सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने तालिका छ । राष्ट्रपतिका लागि उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहे आज फिर्ता लिनेसक्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यसअघि देउवाले रामचन्द्र सालिन, बौद्धिक र सुसंस्कृत छवि भएका र लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व भएको भन्दै पौडेललाई सहयोग गर्न भन्दै पत्र पठाएका हुन् ।

दलहरु राष्ट्रिय सहमतिमा राष्ट्रपति टुंग्याउन प्रयासरत थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सहकार्य तोडेर पूरानो गठबन्धन ब्यूँताएपछि एमाले सरकारबाट बाहिरिएको छ ।

यस्तो छ पत्र:

श्री केपी शर्मा ओलिजी,
अध्यक्ष, नेकपा एमाले 

बिषय: राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि 

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ-आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौं ।

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौंl यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छl त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु। राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु । 

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौंl यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु-संस्कृत अभ्यासको खोजी हुन्छ ।

विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ । यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l

सालिन, बौद्धिक र सु-संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ ।

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व होl यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु । 

जय नेपाल 

शेरबहादुर देउवा 
सभापति, नेपाली कांग्रेस 
०७९ फागुन १५

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - ०८:४८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology