Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज 

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज 

images
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज 
images

काठमाण्डौ, १ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज बस्दैछ । बैठकमा सहभागि हुनका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारतको राजनधानी दिल्ली जाँदै हुनुहुन्छ। 
तीनदिने भ्रमणका क्रममा उहाँले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ । 
त्यस्तै, कोभिडविरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुने बताइएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लाग्नुभएका ज्ञवाली सबैभन्दा उच्चपदस्थ अधिकारी हुनुहुन्छ  । भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने योजना पनि छ । गत वर्षको सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे दुई देशबीचको विवादबीच संयुक्त आयोगको बैठक बस्न लागेको हो । 
बैठकमा सुस्ता र कालापानीको सीमा विवाद एवं नक्सा प्रकरणबारे पनि छलफल हुनेछ । परराष्ट्रमन्त्री ज्ञवाली बैठकमा सहभागि भएर शनिवार स्वदेश फर्कनुहुनेछ ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:१९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology