Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

शहिद लखनलाई बाटो प्रयोग गर्न इच्छाकामना गाउँपालिकाले अनुमती दियो, प्रदेश सांसदले रोके

शहिद लखनलाई बाटो प्रयोग गर्न इच्छाकामना गाउँपालिकाले अनुमती दियो, प्रदेश सांसदले रोके

images

इच्छाकामना न्युज

९, फाल्गुण २०७९
शहिद लखनलाई बाटो प्रयोग गर्न इच्छाकामना गाउँपालिकाले अनुमती दियो, प्रदेश सांसदले रोके
images

कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटारको धारापानी स्थित त्रिशुली नदीमा हेमपाइप राख्ने र बाटो निर्माणको काम रोकिदिएको छ । गोरखाको शहिद लखनगाउँपालिका ४ ठेउवाटारबाट नदीजन्य पदार्थ ओसारपसारका लागि चितवनको इच्छाकामनाको बाटो प्रयोग गर्ने गरि ठेकेदार कम्पनीले त्रिशुली नदीमा हेमपाइप राख्ने र बाटो निर्माण कार्य सुरु गरेका थिए । तर मंगलबार बागमती प्रदेश सांसद कृष्ण सिलवालले उक्त कार्य रोकिदिएका छन् । received_953428046039854.jpegउनले धारापानी स्थितद त्रिशुली नदी किनार स्थानियको दाहसंस्कार गर्ने ठाउँ रहेको र यहाँको बाटो प्रयोग गर्दा वातावरणीय असर पर्ने भएकाले कुनै हालतमा प्रयोग गर्न नदिने जिकिर गरे । त्रिशुली नदी यहाँको सभ्याता भएकाले यसलाई संरक्षण गर्ने सबैको दायित्व रहेको र संरक्षणका लागि लागीपर्नें बताए । गाउँपालिकाले अनुमती दिएको भन्ने आफुले सुनेको भन्दै सांसद सिलवालले कसैलाई पनि अनुमती दिने अधिकार नभएको बताए । यस विषयमा बुझ्न गाउँपालिका अध्यक्षलाई आफुले फोन गरेको तर फोन नउठाएको उनले आरोप बताए । तर गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले अनुमती नदिएको जिकिर गरे । उनले शहिद लखन गाउँपालिकाले सहजीकरण गर्न अनुमती मागेको र स्थानीयको आवागमन, वातावरण र इच्छाकामनाको प्राकृतिक स्रोतसाधन नदीजन्य पदार्थलाई असर नपर्ने गरि सहजीकरण गर्न भनेको तर स्थान भने नतोकिएको बताए । उनले यस विषयको सांसद, प्रमुख जिल्ला अधिकारी सबैलाई जानकारी गराएको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिले भने सहमती अनुसार आफुहरुले इच्छाकामनाको स्थानिय र यहाँको प्राकृतिक स्रोतसाधनलाई कुनै असर नपु¥याई बाटो निर्माण र नदीमा हेमपाइप राख्ने कार्य सुरु गरिएको बताएका छन् । गाउँपालिकाले यस अघि ठेकेदार कम्पनी त्रियुग निर्माण सेवा कम्पनीलाई अनुमती पत्र पठाएका थिए । IMG_20230221_211636.jpgपत्रमा गोरखाको शहिद लखन गाउँपालिको आग्रह अनुसार इच्छाकामना गाउँपालिकाको बाटो प्रयोग गर्दा नदीजन्य पदार्थ ओसारपसार गर्ने क्रममा यसको पालिकाका नदीजवन्य पदार्थको हानी नोक्सानी नहुने र स्थानीय स्तरको वातावरण एंव आवागमनमा प्रतिकुल प्रभाव नपर्ने गरि ढुवानी गर्न अनुमती प्रदान गरिएको भनिएको छ । पत्रमा सहजीकरण गरिदिन इच्छाकामना गाउँपालिका ४ को वडा कार्यालय कुरिनटारलाई भनेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - २१:१८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology