Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनमा ५३ किलो गाजा ओसारपसार गर्दैगर्दा नाबालक सहित दुई जना पक्राउ

चितवनमा ५३ किलो गाजा ओसारपसार गर्दैगर्दा नाबालक सहित दुई जना पक्राउ

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७९
चितवनमा ५३ किलो गाजा ओसारपसार गर्दैगर्दा नाबालक सहित दुई जना पक्राउ
images

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ३० को अर्जुन दर्जी र एक नाबालक रहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

गएराती १ बजेको समयमा अस्थायी प्रहरी चौकी लोथरबाट खटिएको प्रहरी टोलिले पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित सडक खण्डमा पिप्लेबाट लोथरतर्फ आउदै गरेको बा ३ च २५०४ नम्बरको टाटा डिआई गाडिमा चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याएको ५३ किलो लागूऔषध गाँजा फेला परेको पण्डितले बताए ।

गाडी र निज दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - १०:१०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology