Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एक हप्तामा एक हजार रुपैयाँभन्दा बढी मूल्य घट्यो

एक हप्तामा एक हजार रुपैयाँभन्दा बढी मूल्य घट्यो

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७९
एक हप्तामा एक हजार रुपैयाँभन्दा बढी मूल्य घट्यो
images

काठमाडौँ ।  यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरको सुनको मूल्य निर्धारण गर्दै ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो। जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। 

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य बढेर कारोबारमा आएको थियो। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार २००र२०० रुपैयाँ घटेको थियो। 

यस्तै, बिहीबार ६०० रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेको थियो। यस्तै, यो साता चाँदीको मूल्य समेत घटेको छ। महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो। जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय ७५ रुपैयाँ कायम भएको छ। 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - १२:०९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology