Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

जनयुद्ध दिवस र वर्तमान अवस्था

जनयुद्ध दिवस र वर्तमान अवस्था

मनोज बास्तोला

१, फाल्गुण २०७९
जनयुद्ध  दिवस र वर्तमान अवस्था

परम्परागत हिसाबले नेपालको सामाजिक जिवन तह तहमा विभाजित छ । जातिगत तथा अन्य तहगत विभाजनले मुलुकको धेरैजसो सामाजिक आर्थिक तथा राजनैतिक जीवनको विन्यास गरेको छ ।

images

ऐतिहाँसिक रुपमा सन् १९९० को दशक सम्म नेपालमा शाही राजवंशले शासन गरेका थिए जतिवेला विभिन्न राजनितिक दलहरुले लोकतन्त्रका लागि जनआन्दोलनको सुरुवात गरे । सडक आन्दोलनको प्रवाभले १९९१ मा नेपालमा बहुदलिय प्रजातन्त्रको पुनर्स्थापना भयो ।

वि.स २०४६ सालको नाटकिय राजनितिक परिवर्तनले जनताका सामाजिक आस्था र समानताका आकाङ्क्षा हरुलाई ह्वातै बढायो र निर्दलिय पंचायती शासनको अन्त्य हुँदै बहुदलिय व्यवस्थाको स्थापना भएको थियो । तर पनि जनताको चरम आर्थिक भौतिक र सामाजिक जिवनमा सुधार हुन सकेन ततपश्चात तत्कालिन समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मन्च संयुक्त जनमोर्चा र अन्य संगठनहरुले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरु गर्दै आए सशस्त्र द्धन्दको माध्यमबाट राजतन्त्रको अन्त्य गर्ने रु नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ सामाजिक आर्थिक तथा राजनितिक कार्यसूचिलाई सम्बोधन गर्दै ४० सुत्रिय माग सरकार समक्ष पेश गर्दै सरकार विरुद्ध सशस्त्र विद्रोह जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भएको थियो ।

नेपालको राजतन्त्रलाई समाप्त पार्न र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ सुरुवात गरेको शसस्त्र जनयुद्ध वि.स २०६३ साल मंसिर ५ गते तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र ने क पा माओवादीका अध्यक्ष क.प्रचण्डले विस्त्रित शान्ती सम्झौतामा हस्ताक्षर गरेर युद्ध समाप्त भएको थियो ।

राणा शासन फाल्न कांग्रेस नयाँ शक्तिका रुपमा उदय भए जस्तै निर्दलिय पंचायती निरन्कुसता फाल्न ने क पा माले पछि एमाले नया शक्तिका रुपमा उदय भए जस्तै राजतन्त्र फालेर संघिय लोकतान्त्रित गणतन्त्र ल्याउन ने क पा माओवादी शक्तिशाली नया शक्तिको रुपमा उदय भएको थियो । राजतन्त्रिय व्यवस्थालाई फालेर जनताको सर्वाधिकार जनतामै निहित गर्ने उद्देश्यले सुरुवात गरेको १० वर्षे महान जनयुद्धमा देशको लागि वलिदान दिने हजारौ शहिद घाइते तथा वेपत्ता योद्धाहरुलाई विषेश सम्मान दिनै पर्छ । जनयुद्धले सामन्ती अधिनायकवादी राजतन्त्रका जरा खल्बलायर क्रान्तिकारी किर्तिमान कायम गरेको थियो । वि.स २०६२/०६३ को सवै राजनैतिक दलको संयुक्त जनक्रान्तिले राजतन्त्र ढालेर गणतन्त्र स्थापित गराई जनताको जनमतबाट गणतान्त्रिक नया नेपालको प्रथम प्रधानमन्त्री नेतृत्व गर्न न क पा माओवादी सफल भएको थियो जसको नेतृत्व वर्तमान प्रधानमन्त्री तथा तात्कालिन ने क पा माओवादी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो ।

किसानका प्रत्यक्ष मुद्धा कृषि ऋण मिनाहा देखि शान्ति प्रकृया टुङ्गाउन गरेको कसरत काठमाडौका सडक विस्तार देखि मध्यपहाडी लोक मार्ग लोडसेडिङ्ग हटाउन गरेको प्रयास वर्ग संघर्ष मुक्त कमैया जस्ता जनताका कयौ जनमुखि मुद्धालाई सफल बनाउने प्रयास गर्दा गर्दै पार्टीभित्रको अन्तरविरोध अन्तरकहल जनवादी केन्द्रियताका नाममा मनोगतवाद एकमनावाद र नोकरशाही केन्द्रियतावाद हावी हुँदै स्टालिनको शैली र संस्कृति अवलम्बन गर्दै पार्टी विभिन्न रोगले ग्रसित हुँदै फुटेर चिरा चिरा हुँदै कमजोर बन्न पुगेको छ । कुर्सिका लागि आफ्नै वर्ग भित्रलाई लात हानेर प्रतिगमन शक्तिहरुसंग घाँटी जोडी सत्तामा जाने र कमाउने कुम्लाउने धन्दामा लागेर ति हजारौ शहिद बेपत्ता तथा घाइते अपाङ्गहरुको सपनामा तुसारापात गर्ने काम गर्दै छन् ।
वर्तमान राजनितिक अवस्ता र परिवेसलाई हेरेर राम्रा जो सुकै तथा जुनसुकै पार्टिहरुसंग शक्ति एकता गरेर नया वैकल्पिक शक्तिका रुपमा अगाडी आई त्यसको नेतृत्व नया युवा पुस्ताले गर्नु पर्छ भन्ने मुल धारणा हो ।

फेरि अहिले आएर विभिन्न पार्टिहरुसंग सहकार्य गर्दै देशको वागडोर सम्हाल्न पुगेको ने.क.पा. माओवादी केन्द्र विगतमा गरेको गल्ती कमि कमजोरीहरुलाई आत्माआलोचना गर्दै जनताको प्रत्यक्ष मुद्धालाई स्थापित गर्ने र समाजवादी क्रान्तिलाई सम्मान गर्न लागि पर्यो भने तवमात्रै देशको अवस्था परिवर्तन गर्न आफ्नो ज्यानको आहुति दिने हजारौ शहिद घाईते वेपत्ता तथा अपाङ्गताहरु प्रति सम्मान र जनयुद्धको सार्थकता पुरा हुनेछ ।

लेखक आँवुखैरेनी गाउँपालिका अध्यक्षका स्वकीय सचिव हुन ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - १०:१७:०३ बजे

मनोज बास्तोला

लेखक बास्तोला आँवुखैरेनी गाउँपालिका अध्यक्षका स्वकीय सचिव हुन

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology