Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको अध्यक्षमा तिलक बहादुर चेपाङ

एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको अध्यक्षमा तिलक बहादुर चेपाङ

images

इच्छाकामना न्युज

२९, माघ २०७९
एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको अध्यक्षमा तिलक बहादुर चेपाङ
images

धादिङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको अध्यक्षमा तिलक बहादुर चेपाङ चयन हुनुभएको छ । शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले चेपाङको नेतृत्वमा जिल्ला समन्वय समिती सर्वसम्मत निर्वाचित गरिएको हो ।

अधिवेशनले उपाध्यक्षमा कान्छा तामाङ सचिवमा शिवप्रसाद रिजाल र कोषाध्यक्षमा गायत्री इटनीलाई चयन गरिएको छ ।सदस्यहरुमा मनोजकुमार तामाङ , बिनिता तामाङ, हरिलाल श्रेष्ठ रामकृष्ण पाण्डे, गणेशकुमार श्रेष्ठ , कृष्ण राना ,यम बानियाँ, अनिल कंडेल, केदार पौडेल , रन्जना कट्टेल, यमप्रसाद ढकाल विष्णु नेपाली , उत्तम तामाङ, दामनसिंग गुरुङ , विष्णुप्रसाद अर्याल, पार्वती भण्डारी, सुर्यबहादुर थापा, सुमन खनाल, संझना ढुंगाना, दलबहादुर तामाङ , शक्तिबहादुर तामाङ , कमला खड्का, प्रेम न्यौपाने रहेका छन् ।

1676167786330524906_5977096002383105_281.jpg

निवर्तमान अध्यक्ष खिलबहादुर धमलाको सभाध्यक्षता,नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता,केन्द्रीय सदस्य रामबहादुर भण्डारी,जिल्ला संयोजक मनराज भण्डारी,संगठनका केन्द्रिय सचिव एवं बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीको विशेष आतिथ्यता,माओवादी केन्द्र धादिङका सचीव दीपक लामिछाने,शिक्षा बिकास तथा समन्वय इकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठ ,माओवादी केन्द्रका नीलकण्ठ नगर अध्यक्ष शम्भुकुमार श्रेष्ठ ,नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष ठानप्रसाद बसौला,शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरीप्रसाद पन्त,नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य हरि लंसाल,माओवादी केन्द्रका जिल्ला सदस्य बिनोदबाबु रिमाल ,नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री दुर्लभकुमार तामाङ लगायतको आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पनन भएको थियो ।

कार्यक्रमको अवसरमा संगठनमा महत्वपूर्ण भुमिका खेल्नुभएका सेवा निबृत्त शिक्षकहरु श्यामबहादुर मगर,बद्रीप्रसाद रेग्मी,एकबहादुर रिजाल,बिष्णुप्रसाद ढुंगाना,सोमनाथ नेपाल लगायतलाई सम्मानित गरिएको थियो ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १०:०१:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology