Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सिम्जुङ–चितवन सेवा समाज गठन  : भीमप्रसाद दवाडीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन 

सिम्जुङ–चितवन सेवा समाज गठन  : भीमप्रसाद दवाडीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन 

images

इच्छाकामना न्युज

२८, माघ २०७९
सिम्जुङ–चितवन सेवा समाज गठन  : भीमप्रसाद दवाडीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन 
images

भरतपुर । गोरखाको साविक सिम्जुङ गाविसबाट चितवन झरेका स्थानीयले सिम्जुङ–चितवन सेवा समाज गठन गरेको छ। केही महिनाअघि जयराम दवाडीको संयोजकत्वमा गठन भएको तदर्थ समितिले शनिबार भरतपुरमा बृहत् भेला गराई कार्यसमिति गठन गरेको हो। पूर्व शिक्षक भीमप्रसाद दवाडीको अध्यक्षतामा शनिबार १५ सदस्यीय कार्यसमिति गठन गरेको हो। 

समाजको उपाध्यक्षमा छविलाल दवाडी, सचिवमा चेतनाथ दवाडी, कोषाध्यक्षमा टकमाया गुरूङ, सह–सचिवमा प्रेमकुमार गुरूङ र सह–कोषाध्यक्षमा हरिचन्द्र दवाडी चयन भएका छन्।

यस्तै कार्यसमिति सदस्यहरूमा उमेशबाबु दवाडी, सन्तोष दवाडी, सुस्मिता भट्ट लामिछाने, तुलमान गुरूङ, माधव लामिछाने, धनबहादुर गुरूङ, कृष्ण दवाडी अनिता दवाडी र विनिता दवाडी चयन भएका छन्। 

शनिबारकै भेलाले सल्लाहकार समितिसमेत चयन गरेको छ । जिल्ला कार्यसमितिले तदर्थ समितिका संयोजक जयराम दवाडीको संयोजककत्वमा लक्ष्मीकान्त दवाडी, विष्णुदत्त दवाडी, कृष्णप्रसाद दवाडी र रामकाजी श्रेष्ठ सदस्य रहने गरी सल्लाहकार समितिसमेत चयन गरेको हो। 

Simjung.jpg

यस्तै तुलमान गुरूङको संयोजकत्वमा प्रसाद तामाङ सदस्य रहने गरी प्रेस सल्लाहकार समिति गठन गरेको छ। समितिले एक सदस्य पछि मनोनित गर्नेछ। यस्तै डालचन्द्र दवाडीको संयोजकत्वमा भागवत लामिछाने र पूर्णचन्द्र दवाडी सदस्य रहने गरी अनुसाशन समिति गठन गरेको छ। भरतपुर–११ कमलादेवी मन्दिर परिसरमा भएको भेलामा करिब १५० जनाको उपस्थिति थियो।  

हाललाई गोरखाको साविक सिम्जुङ गाविसबाट विभिन्न पेसा तथा व्यवसायको लागि स्थायी तथा अस्थायी तरिकाले चितवन आएर बसोबास गर्दै आएकाहरूलाई संगठित बनाउने र भइपरि आउँदा साथ सहयोग दिलाउने उद्देश्यले समाजको गठन गरिएको हो। 

साविकको सिम्जुङ गाविस संघीय संरचनाअनुसार अजिरकोट गाउँपालिकाको वडा नं.४ भएको छ। यो वडाभित्र सिम्जुङ, पात्ले, सिरूबारी, महभीर, ताप्ले, सिरानडाँडा, लामे, गोगनपानी, आरनडाँडा, हरेनघडेरी, बाँझे, दक्षिणटोल, डाँडागाउँ, गैरीगाउँ, झ्याँवा, पोखरी, पोखराटार, बालुला, ढोडेनीलगायतका गाउँ पर्छन्। 

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - २०:१९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology