Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

खर्चमा मितव्यिता अपनाउन स्थानीय सरकारहरुलाई आग्रह

खर्चमा मितव्यिता अपनाउन स्थानीय सरकारहरुलाई आग्रह

images

इच्छाकामना न्युज

२९, पौष २०७७
खर्चमा मितव्यिता अपनाउन स्थानीय सरकारहरुलाई आग्रह
images

काठमाण्डौ, २९ पुस । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले खर्चमा मितव्यिता अपनाउन स्थानीय सरकारहरुलाई आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय सरकार सबैले अनावश्यक फजुल खर्च गर्न नहुने भन्दै मन्त्रालयले सकेसम्म खर्च कटौती गर्न आग्रह गरेको हो । 
अर्थ मन्त्रालयले भने यसअघि मापदण्डले तोकेका कतिपय प्रावधानमा संशोधन गर्दै स्थानीय तहलाई खर्च गर्न सहज हुने गरी नयाँ निर्णय गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड अनुसार यो वर्ष सवारी साधन किन्न, करारमा कर्मचारी राख्न वा सेवा सुविधा थप गर्न अनिवार्य अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेमा स्थानीय सरकारको हकमा सम्बन्धित कार्यपालिकाले निर्णय गरे पुग्ने भएको छ । तर मितव्ययिता अपनाउने गरि निर्णयहरु गर्न सरकारले भनेको छ । 

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०९:४७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology