Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरको पुरक बजेट : २५ करोड ९५ लाख

भरतपुर महानगरको पुरक बजेट : २५ करोड ९५ लाख

इच्छाकामना न्युज

२७, माघ २०७९
भरतपुर महानगरको पुरक बजेट : २५ करोड ९५ लाख

चितवन । भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ। १२औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पुरक बजेट ल्याएको हो। पुरक बजेट प्रस्तुत गर्दै महानगरका उपमेयर चित्रसेन अधिकारीले पुरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताए। अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पुरक बजेट ल्याउन सक्ने व्यवस्था छ। 

images

थप २४ वटा नयाँ कार्यक्रम तथा शीर्षकमा बजेट परेको हो। पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख,  भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ। 
 
यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ। महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो। पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पुँजिगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ। 

पुँजिगततर्फ ३५ र चालूतर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ। महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात् २२ प्रतिशत मात्रै संकलन भएको छ। महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :माघ २७, २०७९ शुक्रवार - २१:०३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology