Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नगरसभामा रेनु दाहालले भनिन्, 'भरतपुर देशकै नमुना बन्छ'

नगरसभामा रेनु दाहालले भनिन्, 'भरतपुर देशकै नमुना बन्छ'

इच्छाकामना न्युज

२७, माघ २०७९
नगरसभामा रेनु दाहालले भनिन्, 'भरतपुर देशकै नमुना बन्छ'

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालीन महत्त्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताएकी छन्। शुक्रबार भएको १२औँ नगरसभामा नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको समीक्षा गर्दै महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताएकी हुन्। 
 
उनका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमी सडक कालोपत्रे भएको छ। महानगरभित्र हालसम्म ६४८ किमी सडक नयाँ कालोपत्रे बनिसकेको छ। ६ महिनामा ४.५ किमी सडक मर्मत तथा १० किमी सडक ग्राभेल गरिएको छ। ४३२ किमी सडक स्तरोन्नति अर्थात् ग्राबेलिङ गरिएको उनले बताइन्। 

images

पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताइन्। नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको पनि उनले बताइन्। नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भइरहेको बताइन्। 
 
मेयर दाहालले नारायणी नदी आसापासका बस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भइरहेको बताइन्। नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको उनको भनाइ छ। पुलचोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भइरहेको बताइन्। 
यस्तै चार लेनको बाइपास सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिन्। हुलाकी सडकको १९ किमी विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमी सडक निर्माणाधीन रहेको बताइन्। 

यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताइन्। रिंगरोडको ८८ किमीमध्ये ४२ किमी सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको बताइन्। आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने पनि महानगरको योजना रहेको उनको भनाइ छ। 

महानगरको पर्यटन प्रवर्द्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताइन्। महानगर क्षेत्रको पर्यटन प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको उनले बताइन्। 

images
प्रकाशित मिति :माघ २७, २०७९ शुक्रवार - २०:३६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology