Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरियो रास्वपा

गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरियो रास्वपा

images

इच्छाकामना न्युज

२२, माघ २०७९
गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरियो रास्वपा
images

काठमाडौँ । अडान कायमै राखे पनि प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहमन्त्री नदिएपछि रवि लामिछाने नेतृत्वको रास्वपा छोटो समयमै सरकारबाट बाहिरिएको छ। नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका पार्टी सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेपछि पार्टीले सरकार छोड्ने निर्णय गरेको हो।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले पार्टीले दिएको समर्थन कायम राखेर पार्टीबाट बनेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको बताए। उनका अनुसार रास्वपाका मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउँदै छन्।

सरकारबाट बाहिरिने निर्णय भएसँगै रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका पार्टी उपसभापति डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पदभार सम्हालेको १९ दिनमै सरकारबाट फिर्ता हुने भएका छन्।

पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उपप्रधान एवं गृहमन्त्री बनेका रवि लामिछाने नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट माघ १३ गते नै सांसदसमेत नरहने गरी पदमुक्त भएका थिए।

images
प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - १७:४२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology