Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गेटा मेडिकल कलेज सञ्चालन गर्ने विषय अझै अन्योलमा 

गेटा मेडिकल कलेज सञ्चालन गर्ने विषय अझै अन्योलमा 

इच्छाकामना न्युज

२०, माघ २०७९
गेटा मेडिकल कलेज सञ्चालन गर्ने विषय अझै अन्योलमा 
images

अंकुश कुँवर, धनगढी । सुदूरपश्चिम प्रदेशको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको गेटा मेडिकल कलेज सञ्चालन गर्ने विषय अझै अन्योलमा देखिएको छ । ६ सय बेडको यो मेडिकल कलेजका लागि आवश्यक संरचना बनिसके पनि छुट्टै विश्वविद्यालय बनाउने वा प्रतिष्ठान बनाएर चलाउने भन्ने टुङ्गो लाग्न नसक्दा सञ्चालन नै अन्योलमा परेको हो ।

images
images

सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षा र उपचारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने ठानिएको गेटा मेडिकल कलेज सञ्चालन हुने आशा गर्न थालेको वर्षौ भए पनि यो विषय अन्यौलमै छ । मेडिकल कलेज सञ्चालन भए यो प्रदेशकै लागि कोषेढुङ्गा हुने स्थानीय बासिन्दाको आशा छ ।

कुनै पनि बहानामा मेडिकल कलेज सञ्चालनमा ढिलाई गर्न नहुने नागरिक दबाब समूहका अगुवा रबिन पन्तले बताउनुभयो । २०७४ सालदेखि निर्माण सुरु गरिएको यो मेडिकल कलेजमा अस्पताल, कलेज, छात्राबासलगायत २९ वटा आधुनिक भवन निर्माण भइसकेका छन् ।

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डाक्टर प्रदीप मिश्रले नीतिगत कुरा टुङ्ग्याएर तत्काल मेडिकल कलेज सञ्चालन गर्नुपर्ने बताउनुभयो । गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा सञ्चालन गर्नुपर्ने सुदूरपश्चिमबासीको माग छ । तर, सरकारले भने प्रतिष्ठान बनाउने ढङ्गले कागजी प्रक्रिया अगाडि बढाएको उनीहरूको दाबी छ । 

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ०९:३७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology