Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

लक्ष्यअनुसार राजस्व नउठेपछि रेनु दाहाल तनाबमा

लक्ष्यअनुसार राजस्व नउठेपछि रेनु दाहाल तनाबमा

इच्छाकामना न्युज

१९, माघ २०७९
लक्ष्यअनुसार राजस्व नउठेपछि रेनु दाहाल तनाबमा

चितवन । आर्थिक वर्ष ०७९/०८० को ६ महिना गइसक्दा पनि लक्ष्यअनुसारको कर संकलन गर्न नसकेपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल तनाबमा छिन्। चालू आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिइए पनि आर्थिक वर्षको ६ महिना वितिसक्दा लक्ष्यको जम्मा २७ प्रतिशत मात्रै राजस्व संकलन भएपछि मेयर दाहाल तनाबमा परेकी हुन्। 

images

बिहीबार महानगरपालिकामा भएको कर अभियानको उद्घाटनका क्रममा मेयर दाहालले राजस्व संकलनमा देखिएको कमिप्रति निकै चिन्ता व्यक्त गरिन्। महानगरपालिका हुनलाई न्युनतम रु १ अर्ब आन्तरिक आम्दान हुनुपर्ने कानुनी प्रवधान छ। महानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ। 

राजस्व संकलनको अवस्था हेर्दा न्युनतम रु १ अर्ब संकलन हुन सक्ने लक्षण नदेखिएको मेयर दाहालले बताइन्। निराश हुँदै उनले भनिन्, 'भरतपुरको राजस्व संकलनको अवस्था निकै टिठ लाग्दो छ।' करको दायरा फराकिलो पार्दै अभियानलाई तीव्ररुपमा अगाडि बढाउन राजस्व महाशाखालाई निर्देशनसमेत दिइन्। 

भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको उनको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड राजस्व संकलन भएको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा बल्लतल्ल रु ७ करोड रकम संकलन भएको महानगरपालिकाले जनाएको छ। 

images
प्रकाशित मिति :माघ १९, २०७९ बिहिवार - २२:१३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology