Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

उद्योग वाणिज्य संघले मनायो स्थापना दिवस 

उद्योग वाणिज्य संघले मनायो स्थापना दिवस 

images

इच्छाकामना न्युज

१९, माघ २०७९
उद्योग वाणिज्य संघले मनायो स्थापना दिवस 
images

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनले बिहीबार संघको ६३औँ स्थापना दिवस मनाएको छ। संघको स्थापनाकालदेखि हालसम्म भएका गतिविधिमाथि समीक्षा गर्दै स्थापना दिवस मनाएको हो। संघका पूर्वअध्यक्ष केएल भूषणको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो। 
 
सोही अवसरमा संघले निःशुल्क स्वास्थ्य परीक्षणसमेत गराएको थियो। भरतपुरस्थित नेशनल सिटी अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण गराइएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। 
 
कार्यक्रममा चितवन महोत्सव–२०७९ मा टिकट लिएर महोत्सव अवलोकन गर्नेहरूमध्येबाट तीन जनालाई पुरस्कृत गरिएको छ। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अवलोकनकर्ताले मोडुलाज फर्निचरबाट पुरस्कार प्राप्त गर्ने संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए। 

images
प्रकाशित मिति :माघ १९, २०७९ बिहिवार - १८:३६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology