Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा बीमा प्रति किसानको आकर्षण बढेन 

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा बीमा प्रति किसानको आकर्षण बढेन 

इच्छाकामना न्युज

१८, माघ २०७९
बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा बीमा प्रति किसानको आकर्षण बढेन 
images

राजेश जिसी, प्यूठान । बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा कृषि बीमा प्रति प्यूठानका किसानको आकर्षण बढ्न सकेको छैन । बालीनाली र पशुपालनमा किसानले ब्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बीमा कार्यक्रम लागु गरेको छ ।

images
images

बीमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्ने भएपनि बीमा दाबीको प्रक्रिया झन्झटिलो भएका कारण किसानहरू कृषि बीमा कार्यक्रम प्रति आकर्षित नभएका हुन् ।

प्यूठान नगरपालिका ८ टिकुरीका मौरीपालक किसान डिमराज पाखरेलले चरणका लागि कपिलवस्तु लगेको बेला मौरी मरेपछि बीमा दाबी गरे पनि निक्कै झन्झट व्यहोर्नु परेको गुनासो गर्नुभयो । गत वर्ष पाएको दुःखकै कारण यस वर्ष मौरीको बीमा नगरेको उहाँको भनाइ छ ।  

बीमा गर्दा विमाङ्कको ८० प्रतिशतसम्म सरकार र बाँकी २० प्रतिशत किसानले बेहोर्नु पर्छ । कृषि बीमाका लागि बीमा कम्पनीलाई आग्रह गरेपनि चासो नदिने किसानको गुनासो छ ।

जिल्लामा कृषि बीमा गर्ने किसानको सङ्ख्या धेरै भएपनि प्यूठानमा बीमा कम्पनी नभएको र कम्पनीका जिल्लास्थित प्रतिनिधिले चासो नदेखाएको नेपाल मौरीपालक महासङ्घ प्यूठान शाखाका सचिव मधुसुदन भण्डारीले बताउनुभयो ।

बीमा सम्झौतासम्मको समय सिमा भित्रै किसानलाई क्षति भएमा बीमा कम्पनीले अधिकतम ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने गर्छ । तर क्षतिपूर्तिको रकमका लागि किसानले पाउने रकमभन्दा बढी खर्च गर्नुपर्ने झन्झटिलो प्रक्रिया रहेको गुनासो गरेका छन् । 

images
प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - ०९:०८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology