Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

देशभर १ सय ७७ व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन 

देशभर १ सय ७७ व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन 

images

सिआईएन

१८, माघ २०७९
देशभर १ सय ७७ व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन 
images

उषा तामाङ, काठमाण्डौ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत १ सय ७७ ओटा व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएका छन् । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ आर्थिक वर्ष २०७३÷०७४ देखि सुरु गरिएको परियोजना अन्तर्गत ३ सय ओटा जोन विकास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ ।

लक्ष्य अनुसार हालसम्म १ सय ७७ ओटा जोन कार्यक्रम सञ्चालन भएको परियोजनाका निर्देशक हिक्मतकुमार श्रेष्ठले जानकारी दिनुभयो । परियोजनाको अन्त्यसम्ममा देशभरी २१ वटा सुपरजोन, ३ सय वटा जोन, १५ सय वटा ब्लक र १५ हजार वटा पकेटस्थापना गर्ने लक्ष्य छ ।

जोन र सुपरजोनबाट ११ लाख किसान लाभान्वित हुने अनुमान गरिएकोमा हालसम्म ७ लाख किसान लाभान्वित भएका छन् । परियोजनाका लागि आवश्यकताअनुसारको बजेट विनियोजन नहुँदा पनि योजना कार्यान्वयनमा समस्या भइरहेको छ ।

लक्ष्यअनुसार हालसम्म ५८ अर्ब बजेट विनियोजन भइसक्नुपर्नेमा ३९ अर्ब मात्र विनियोजन भएको छ । त्यसमा पनि जोन र सुपर जोनका लागि विनियोजन भएको २१ अर्ब ५७ करोड मध्ये १४ अर्ब ३५ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - ०९:०५:५५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology