झापा, २८ पौष ।
आगलागीमा परेर एक जनाको ज्यान गएको छ । झापाको दमक नगरपालिका वडा नम्बर ३ मा हिजो बेलुका साढे सात बजे लागेको आगलागीका कारण भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षका देशमान राईको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।
बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ।