Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रवि लामिछानेविरुद्धको उजुरी लिन प्रहरीद्धारा अस्वीकार

रवि लामिछानेविरुद्धको उजुरी लिन प्रहरीद्धारा अस्वीकार

images

इच्छाकामना न्युज

१७, माघ २०७९
रवि लामिछानेविरुद्धको उजुरी लिन प्रहरीद्धारा अस्वीकार
images

काठमाडौं । काठमाडौं प्रहरीले निवर्तमान गृह मन्त्री रवि लामिछानेविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ । लामिछानेले अमेरिकाको राहदानी हुँदाहुँदै नेपाली राहदानी बनाएको विषयमा छानबिन गर्न माग गर्दै युवराज पौडेलसहितको टोली प्रहरीकहाँ पुगेको थियो ।

उनीसहितको टोलीले नागरिकता लिँदा पनि अहिले प्रक्रिया पूरा नगरेको र राहदानीका विषयमा अनुसन्धानको माग गर्दै निवेदन लिएर गएको थियो । प्रहरीले भने अदालतको पूर्णपाठ नआउन्जेल निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय नगर्ने भन्दै त्यसपछिमात्रै आउन भनेको छ । पौडेलले भने, “अहिले प्रहरीबाट जाहेरी खारेज भएको पनि होइन तर फैसलाको पूर्णपाठ प्राप्त भएपछिमात्र जाहेरी दर्ता गर्ने वा नगर्ने निर्णय हुन्छ भनेर फर्काइयो ।”

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - १९:२८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology