Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दाङका उद्यमी व्यवसायीलाई चितवनमा स्वागत

दाङका उद्यमी व्यवसायीलाई चितवनमा स्वागत

images

इच्छाकामना न्युज

१७, माघ २०७९
दाङका उद्यमी व्यवसायीलाई चितवनमा स्वागत
images

चितवन । उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले एक कार्यक्रम गरी आज स्वागत गरेको हो ।

नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुका साथै औद्योगिक क्षेत्रहरुको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उद्योग वाणिज्य संघ–चितवन आएको छ । स्वागत एवम् छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उनीहरुलाई स्वागत गर्दै यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै सरकार संघ पहल गर्नुपर्ने दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताए ।

उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिँदैं अध्यक्ष श्रेष्ठले सरकारले लागू गरेको सङ्कुचनकारी मौद्रिक नीतिका कारण व्यवसायीहरुलाई समस्या परेको बताउँदै उनले निजी क्षेत्रका संलग्नता बिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले निजी क्षेत्रलाई हातेमालो गर्दै जानु पर्ने बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षिप्त जानकारी दिँदै व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनसँग सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागू गर्ने बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा संघका पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, लगायत २२ जनाको सहभागिता रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्षत्रय, चिरञ्जीवी सुुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, तथा संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थिए ।

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - १९:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology