काठमाण्डौं, २७ पौष ।
नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको केन्द्रीय कमिटी सदस्य १५ सय एक जना पुगेको छ ।
गत पुस ७ गते बालुवाटारमा बसेको ओली पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएकोमा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाउनुभएको हो ।
अध्यक्ष ओलीले पुस २२ गते एकल हस्ताक्षरमा सर्कुलर गर्नुभएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ । अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले कार्यकारी अधिकार फिर्ता गरेर सबै अधिकार अध्यक्ष ओलीमा ल्याइएको पनि उल्लेख छ ।