सप्तरी, २७ पौष ।
भैँसी चोरेर फरार रहेका सप्तरीको कन्चनरुप नगरपालिका–४ का लक्ष्मण सरदारलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ ।
स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।
पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।