Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँको भिमादमा तेश्रो भीमकाली महोत्सव हुने 

तनहुँको भिमादमा तेश्रो भीमकाली महोत्सव हुने 

images

इच्छाकामना न्युज

१३, माघ २०७९
तनहुँको भिमादमा तेश्रो भीमकाली महोत्सव हुने 
images

तनहुँ । आर्थिक, समाजिक, सास्कृतिक पक्षको जगेर्ना गर्ने हेतुले तनहुँको भिमादमा यहि माघ १६ गते तेश्रो भीमकाली महोत्सव हुने भएको छ । गीत, संगित, रचना, श्लोक मार्फत समृद्ध भीमकाली वनाउने अभिप्राय स्वरुप महोत्सव गर्न लागिएको समाजको अध्यक्ष केदार सिग्देलले वताउनुभयो । भीमाद नगरपालिका वडा नं १, को मदननगर ठुलोवगैचामा हुने महोत्सवमा व्यवसायिक कृषकलाई सम्मान का साथमा कृषि समाग्रीको प्रर्दशनी हुनेछ भने उत्कृष्ट कृषक र समाग्रीलाई पुरस्कृत समेत गरिनेछ । 

भीमाद नगरपालिकाको वडा नं १,२, ६, र ७, स्याङजा नगरपालिकाको ६ र ७ वडा र घिरिङ गाँउपालिकाको २ र ३ कार्यक्षेत्र रहेको समृद्ध भीमकाली समाज ४५ किलोमिटर क्षेत्रफललाई आफनो कार्यक्षेत्र वनाएर काम गर्दे आईरहेको छ । 

समृद्ध भीमकाली समाज भित्र रहेको क्षेत्रमा रहेको स्थानिय कलाकार, गीतकार, साहित्यकारले महोत्सवमा आफनो कलामार्फत भीमकाली समाजको विशेषता कला मार्फत प्रस्तुत गर्नेछन् । कार्यक्षेत्र भित्र रहेको स्थानियलाई आर्थिक, समाजिक रुपमा सवल वनाउने हाम्रो अभियान हो, यसैमा यो महोत्सव केन्द्रित हुनेछ, अध्यक्ष सिग्देलले वताए ।  

हरेक वर्षको माघ १६ गते महोत्सव गर्दे आएको तेश्रो भीमकाली महोत्सवमा भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, घिरिङ गाँउपालिकाका अध्यक्ष होम वहादुर थापा, स्याङजा चापाकोट नगरपालिकाका मेयर देव वहादुर खाँडले कार्यक्रममा सम्वोधन गर्नेछन् । 

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - २१:१६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology