Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अग्नि सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

अग्नि सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

इच्छाकामना न्युज

१३, माघ २०७९
अग्नि सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी थप्ने तयारी गरेको छ । बिहीबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको एक माओवादी नेताले जानकारी दिए । उनका अनुसार आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने गरी प्रस्ताव लैजान लागिएको छ ।

images

तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछि मात्रै थाहा हुने ती नेताको भनाइ छ । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापकोटालाई महरापछिको मर्यादाक्रममा राख्ने गरी उपाध्यक्ष बनाउन लागिएको हो ।

महासचिव देव गुरुङले भने पदाधिकारी थप्ने नथप्ने बैठकपछि नै थाहा हुने प्रतिक्रिया दिए । माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०८:३९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology