Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन

प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन

इच्छाकामना न्युज

१३, माघ २०७९
प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन
images

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्। प्रभु बैंकसँग सेञ्चुरी कमर्सियल बैंक मर्ज भएपछि बैंक सञ्चालक समितिले शेरचनलाई पुनः सिइओमा नियुक्त गरेको हो।

images
images

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई चार वर्षे कार्यकालका लागि पुनः सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। फाइनान्सबाट सुरु भएको प्रभुले विभिन्न वित्तीय संस्थालाई मर्ज तथा एक्वायर गर्दै आएको छ। शेरचनको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंक बनेको थियो।

सेन्चुरीसँग मर्ज भएपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रूपैयाँ पुगेको छ। निक्षेप परिचालन २ खर्ब ७० अर्ब ९२ करोड रूपैयाँ पुगेको बैंकले जनाएको छ।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०८:३२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology