Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रत्ननगरमा नगरस्तरीय समन्वय समिति पुनर्गठन

रत्ननगरमा नगरस्तरीय समन्वय समिति पुनर्गठन

images

इच्छाकामना न्युज

१२, माघ २०७९
रत्ननगरमा नगरस्तरीय समन्वय समिति पुनर्गठन
images

चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा नगरस्तरीय मेलमिलाप समन्वय समितिको पुनर्गठन भएको छ। रत्ननगर नगरपालिकाका उपप्रमुख एवं रत्ननगर न्यायिक समितिका अध्यक्ष यादवप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न बैठकले नौ सदस्यीय नगरस्तरीय मेलमिलाप समन्वय समिति गठन गरेको हो। 

रत्ननगरका १६ वटै वडामा रहेका ११६ जना मेलमिलापकर्तामध्येबाट भूपेन्द्र अधिकारीको अध्यक्षतामा नौ सदस्यीय समन्वय समिति गठन गरिएको छ। सचिवमा सङ्गीता खनाल, कोषाध्यक्षमा अनिता अर्याल रहेका छन् भने सदस्यहरुमा प्रमिला ढकाल, सुजाता विष्ट, रामचन्द्र दुवाडी, कृष्णप्रसाद अधिकारी, सीता नेपाल र विष्णु भण्डारी कट्टेल रहेका छन्। 

रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, न्यायिक समिति सदस्य देवेन्द्र भुजेलको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण न्यायिक समितिका सदस्य सचिव प्रियङ्का थापाले गरेकी थिइन्।  

images
प्रकाशित मिति :माघ १२, २०७९ बिहिवार - १९:३६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology