मझिमटार । धादिङको बेनिघाट रोराङ ९ मझिमटारमा अवस्थित श्री शंखादेवी माध्यमिक विद्यालयले ५७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष देवी बहादुर खड्काको सभापतित्व तथा वागमती प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथि, वागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को विशेष आतिथ्यतामा विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । साथै गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, शिक्षा शाखा प्रमुख बोधराज पाठक लगायतको आतिथ्यता रहेका थिए ।

प्रमुख अतिथि वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शिक्षा र स्वास्थ्यलाई पहिलोमा र दोश्रोमा विकास निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने बताउनुभयो । साथै सामुदायिक विद्यालयहरुलाई थप सुधार गरिने र प्राविधिक धारलाई अगाडी बढाइने बताउनुभयो ।
बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । शिक्षक तिलक बहादुर प्रजा, युवराज पौडेल, सुनिता थापा भट्टराई सम्मानित भएका हुन् । कार्यक्रममा विधालयका प्रधानाध्यापक धन नारायण श्रेष्ठले आर्थिक तथा विधालयको भावी योजनाको बारेमा लिखित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बार्षिकोत्सवका अवसरमा साताव्यापी खेलकुद, नाँचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु भएको विद्यालयका सह प्रधानाध्यापक तिलक बहादुर प्रजाले बताउनुभयो । सो अवसरमा प्रमुख अतिथि, विशेष अतिथि लगायतले सम्मान पत्र सहित विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । कार्यक्रम विधालयका शिक्षक भैरब खाँड ठकुरीले संचालन गर्नुभएको थियो ।