काठमाण्डौ । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरेर महबुबले दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको जनाएको छ ।
सीआईबीका अनुसार महबुबले प्रतियोगिता चलिरहेकै बेला आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न प्ररित गरेको रकम्तिमा दुई खेलमा सोही प्रकृतिको खेल खेलेको पाइएको छ ।
स्पट फिक्सिङको आरोपमा सीआईबीले महबुब र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिललाई हिजो पक्राउ गरेको थियो । प्रतियोगिता गत पुस ९ गतेबाट २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो ।