Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै 

images

इच्छाकामना न्युज

१०, माघ २०७९
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै 
images

काठमाण्डौ । सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम हेरफेर गर्नुहुने छ । त्यसैगरी बैठकमा नवनिर्वाचित सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानालाई दलीय आधारमा बधाई तथा शुभकामना दिनका लागि बोल्न दिने आजको सम्भावित कार्यसूची रहेको छ ।

सभामुख घिमिरेले प्रतिनिधि सभा सञ्चालन तथा कामकारबाही चुस्त राख्ने बारेमा हिजो प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नु भएको थियो । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०८:५१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology