सर्लाही, २६ पुस । सर्लाहीको हरिपुर नगरपालिकाको लेखा शाखाबाट असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले १ जना कर्माचारीलाई घुस रकम सहित रंगेहात पक्राउ गर्यो । हरिपुर नगरपालिकाको लेखा शाखाले आफ्ना साना साना काममा पनि विभिन्न झल्झनहरु खडा गरेर तनाव दिने गरेको गुनासो आएपछि आफुहरुले लेखा अधिकृत भुपेन्द्र कुमार सिंहलाई रु ४ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । कुनै सेवाग्राहीसंग रु ४ हजार घुस लिदै गर्दा रंगेहात पक्राउ परेका लेखा अधिकृत सिंहलाई अख्तियारले लिएर गएपछि जिल्लाका विभिन्न सञ्चार माध्यामहरुले समाचार सम्प्रेषण गरे । उनि हरिपुर नगरपालिका ६ का स्थानिय बासी पनि हुन । भने उक्त नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुर पनि सोही वडाबासी हुन । सोही विषयको समाचार सम्प्रेषण गरि आफ्नो नगरपालिकालाई बद्नाम गराएको भन्दै समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई आफ्नो नगरक्षेत्र भित्र प्रवेश गर्दा सोचेर र सुक्षित भएर प्रवेश गर्न नगर प्रमुख मन्सुरले धम्की लगाएका छन् । आफ्नो नगरपालिकाका लेखा अधिकृत सिंहको सरकारी वबिल बनेको नगर प्रमुख मन्सुरले विशेष अदालतमा बयान दिने क्रममा मुचुल्कमा हस्ताक्षर विपरित बयान दिएको भन्दै विशेष अदालतले बहसमा उपस्थित भएको भन्ने प्रमाण नदिएपछि नगर प्रमुख मन्सुरले समाचार सम्प्रेषण गर्ने पक्रकारलाई फेरी धम्की लगाएका हुन । नगर प्रमुख मन्सुरले आफुले मुचुल्कामा हस्ताक्षर गरेको र के लेखिएको थियो सो विषयमा जानकारी नभएको विशेष अदालत समक्ष बयान दिएका बयानमा संग्लग्न वकिलले बताएका छन । सोही रिसिवि साँधन हरिपुरन नगरपालिकका २ मा विगत लामो समयदेखी अलपत्र अवस्थामा परेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको वस्तुगत अवस्था बुझ्न पुगेका राससकर्मीमाथी यस्तो धम्की लगाएका हुन । उनले आफ्नो नगर क्षेत्रभित्र प्रवेश गर्दा सोचेर प्रवेश गर्नु अनाथा जे पनि हुन सक्छ भन्दै धम्की लगाएका राससकर्मी शंखर पहाडीले बताउनु भयो । भ्रष्ट कर्माचारीलाई लामो समयदेखि आश्रय दिएर राखेका नगर प्रमुख मन्सुरलाई लेखाअधिृत पक्राउ पछि कमिसन आउने मुख्य स्रोत टुटेको सोही नगरका केही जनप्रतिनिधिहरुले बताएका छन् । उनिहरुका अनुसार नगर प्रमुख मन्सुरले लेखा अधिकृतमार्फत ठुलो रकम कमिसन लिने गरेको पाइएको छ । लेखा अधिकृत सिंहले सानो काममा पनि बिना कमिसन काम नगरि दिने गरेका कारण नगरबासी नागरीकहरु तथा निर्माण उपभोक्ता समितिहरु हैरान भएका हरिपुरका जनप्रतिनिधिहरुले बताउनु भयो । असार ९ गते राससकर्मी नै कार्यरत रहेको जिल्लाको एक मिडिया हाउसको विज्ञापन प्रसारण वापतको सम्झौता अनुसारको रकम भुक्तानी लिन जाँदा लेखा अधिकृत सिंहले कमिसन मागेको विषयमा उनलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।