Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोसी अस्पतालका चिकित्सकले नै जीवित शिशुलाई मृत घोषणा गरेपछि…

कोसी अस्पतालका चिकित्सकले नै जीवित शिशुलाई मृत घोषणा गरेपछि…

कोसी अस्पतालका चिकित्सकले नै जीवित शिशुलाई मृत घोषणा गरेपछि…
images

विराटनगर । हाइपोथर्मिया भएका १८ दिनका जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट भएको छ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट यादवको टाउकोमा चोट लागेको छ ।

images
images

घटनामा संलग्न तीनजना मनोज मुखिया, मन्नु मुखिया र नाम नखुलेको अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवजात छोरी अचानक बिरामी भएपछि बुबा दिलीप मुखिया र आमा उमा बुधबार बिहान कोसी अस्पताल उपचारार्थ भर्ना गरेका थिए । बुवा दिलीपले भने, इमरजेन्समा भर्ना गरेपछि डा. आकाश यादवसहितको टोलीले चेकजाँच गर्नुभयो । केहीबेरमै बच्चाको मृत्यु भएको भन्दै घर लैजान भन्नुभयो । तर, मेरी भाउजूले बच्चा बोकेर जाँदा पेट चलेको देखियो । जीवितै रहेछ ।

मृत घोषणा गरिएकी छोरीलाई लगत्तै नजिकैको गोल्डेन अस्पतालमा लगेर उपचार सुरु गरेको र अहिले एनआईसीयूमा राखेर उपचार भइरहेको मुखियाले बताए । उनका अनुसार अहिले छोरीको स्वास्थ्य अवस्था रूपमा सुधार भइरहेको छ ।

नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र श्वास पनि नचलेको भन्दै कोसीका चिकित्सकले घर लैजान भनेको आमा उमाले बताइन् ।‌

कोसी अस्पतालका मेसु लक्ष्मी नारायण यादवले चिकित्सकमाथि कुटपिट भएको जानकारी दिँदै शिशु उपचारको विषयमा हेलचेक्राइँ भए नभएको विषयमा छानबिन सुरु गरिएको बताए ।

 

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - २३:३२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology