Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आठौं खिचरा महोत्सव आज सकिँदै : समापन गर्न मन्त्री पाण्डे चितवन आउँदै 

आठौं खिचरा महोत्सव आज सकिँदै : समापन गर्न मन्त्री पाण्डे चितवन आउँदै 

images
आठौं खिचरा महोत्सव आज सकिँदै : समापन गर्न मन्त्री पाण्डे चितवन आउँदै 
images

दीपेश चौधरी 

खैरहनी । यही पुष २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ। एक हप्ता सञ्चालन भएको महोत्सवको समापनका लागि सहरी विकास मन्त्री विक्रम पाण्डे चितवन आउँदै छन्। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त भएका हुन्। 

कार्यक्रममा माडी, खैरहनी, राप्ती, कालिका र रत्ननगर नगरपालिका तथा भरतपुर महानगरपालिकाका प्रमुखको समेत उपस्थिति हुने आयोजकले जनाएको छ। 
महोत्सवमा अवधिभर नै सांस्कृति पहिचान दिलाउने खालका मौलिक प्रस्तुतिलाई विशेष प्राथमिकतामा राखेको थियो। महोत्सवलाई संगीतमय बनाउनका लागि विभिन्न विधाका कलाकारले प्रस्तुति दिएका थिए। साथै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका थारुहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए। 
 
यस्तै गरी बाल प्रतिभालाई बाहिर ल्याउनका लागि चित्रकला प्रतिययोगिता र विद्यालयस्तरीय खिचरा डान्स आइडलसमेत आयोजना गरिएको थियो। त्यसबाहेक भलिबल, तेक्वान्दो, पेहनी होडलगायतका खेलकुदसमेत प्रतियोगितात्मकरूपमा आयोजना गरिएको थियो। 

कृषि प्रदर्शनीसमेत राखिएको महोत्सवमा पहिलो दिनदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय थारु खानाका परिकार व्यापार/व्यवसायलगायत गरी करिब १५० स्टल राखिएको थियो। महोत्सवमा थारु मिनी संग्रहालय, बाल उद्यान, कलाकारको प्रस्तुतिलगायत मुख्य आकर्षणको रूपमा रहे। 

व्यापार, कृषि, पर्यटन, थारु कला कला, संस्कृति र थारु खानाको सम्बद्धर्न गर्ने उद्देश्यसहित थारु कल्याणकारी सभा क्षेत्र नं.७ ले प्रत्येक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आएको छ। 

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - ०९:५१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology