Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पृथ्वीजयन्तीको अवसरमा काठमाण्डौँ–गोरखा साईकल यात्रा

पृथ्वीजयन्तीको अवसरमा काठमाण्डौँ–गोरखा साईकल यात्रा

images

इच्छाकामना न्युज

२६, पौष २०७७
पृथ्वीजयन्तीको अवसरमा काठमाण्डौँ–गोरखा साईकल यात्रा
images

गोरखा, २६ पौष । 
काठमाण्डौँदेखि गोरखासम्म साईकल यात्रा हुने भएको छ । पृथ्वीजयन्तीको अवसर पारेर आज १५ देखि २० जना युवाहरु साईकल सहित गोरखा आउने कार्यक्रम तय भएको यात्राका संयोजक प्रताप न्यौपानेले बताए ।
काठमाण्डौँको ‘एस द हिमालय’ को ब्यवस्थापन र पञ्च अष्ट नारायण साईकलको प्राविधिक सहयोगमा गोरखा नगरपालिकाले आयोजना गरेको वृहत ¥याली सहितको सभामा सहभागी हुन साईकलमा युवाहरु गोरखा आउन लागेका हुन् । ‘गोरखा र पृथ्वीनारायण शाहको बारेमा प्रचार प्रसारमा मद्दत पुगोस् भन्ने उद्देश्यले साईकल यात्रा गर्न लागेका हौँ’ संयोजक प्रताप न्यौपानेले भने ।
धार्मिक, ऐतिहासिक पर्यटन प्रर्वद्धनका लागि साईकल यात्रा गर्न लागेको उनले बताए । साईकल यात्रीको टोली आईतवार साँझ गोरखा आउनेछ । सोमवार गोरखा दरबार, संग्रहालय, भिमसेन पार्क लगायत पर्यटकी ठाउँमा पुगेर फर्कने कार्यक्रम रहेको संयोजक न्यौपानेले बताए । उनीहरुलाई गोरखा नगरपालिकाले स्वागत गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०८:२६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology